गिनीको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त दुर्घटनामा अरु ६१५ जना घाइते भएका छन्।
घाइतेमध्ये ३१६ जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने २९९ जनाको अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
बाटास्थित एन्कोआन्टोमा सेनाको ब्यारेकमा राखिएको बिस्फोटक पदार्थमा आइतबार अपराह्न आगो लागेपछि उक्त दुर्घटना भएको थियो। किसानले खेतमा बालेको आगो सैन्य शिविरभित्र पनि फैलिएको थियो।
घाइतेको संख्या धेरै भएपछि स्थानीय स्वास्थ्य संस्थाहरुले सर्वसाधारणलाई रक्तदान गर्न आह्वान गरेका थिए। बाटामा रहेको चिनियाँ स्वास्थ्य टोलीले घाइतेको उद्धारमा सहयोग गर्नुका साथै चिकित्सा उपकरण स्थानीय अस्पताललाई उपलब्ध गराएको थियो।
बिस्फोटस्थलको आगो सोमबार अपराह्नसम्ममा नियन्त्रणमा ल्याइएको थियो। गिनीको बाटा शहर सबैभन्दा बढी मानिसको बसोबास रहेको स्थान हो। रासस/सिन्ह्वा

प्रतिक्रिया