राजनीति


नयाँ रणनीति तय गर्न प्रचण्डले बोलाए माओवादी केन्द्रको स्थायी समिति बैठक

नयाँ रणनीति तय गर्न प्रचण्डले बोलाए माओवादी केन्द्रको स्थायी समिति बैठक

नेपालखबर
फागुन २५, २०७७ मंगलबार ६:४८,

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज मंगलबार बस्दैछ।

दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा तत्कालीन नेकपामा रहेका स्थायी समिति सदस्यहरुको बैठक बस्न लागेको हो।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीचको एकता भएर बनेको नेकपालाई मान्यता नदिएर पुरानै दुई पार्टी कायम रहने फैसला गरेपछि पहिलो पटक माओवादी केन्द्रको बैठक बस्न लागेको हो।

बैठकमा नयाँ परिस्थितिको समीक्षा गर्दै आगामी दिनको रणनीति तय गरिने स्थायी समिति सदस्य मातृका यादवले जानकारी दिए।

नेकपामा रहँदा माओवादी केन्द्रका १९ जना मात्र स्थायी समिति सदस्य थिए। जसमा गृहमन्त्री रामबहादुर थापा, लेखराज भट्ट, मणि थापा र टोपबहादुर रायमाझी केपी ओली समूहतर्फ लागेका छन्। त्यसैले आजको बैठकमा उनीहरु उपस्थित हुने नहुने निश्चित छैन।

‘नेकपा हुँदा माओवादी केन्द्रबाट स्थायी समितिको सदस्य बनेकाहरुको बैठक राखिएको हो,’ यादवले भने।

बुधबार संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि बैठकबाट एउटा निष्कर्ष निकाल्ने नेताहरुले बताए।

आजको बैठकले माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बोलाउने संभावना पनि छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad