आज (मंगलबार) बिहान बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगन गरिएको छ।
माधवकुमार नेपाल–झलनाथ खनालहरूले एमालेमा फर्किने निर्णय नहुँदै महासचिव ईश्वर पोखरेलले आज बिहान ९ बजेका लागि सचिावलय बैठक बोलाएका थिए।
तर हिजो सोमबार उनीहरूले पनि अदालतको फैसलाबमोजिम एमालेमै फर्किने निर्णय गरेका छन्। यसैकारण थप तयारीसहित बैठक बस्न परेकाले आजका लागि स्थगन गरिएको एमाले महासचिव पोखरेलको सचिवालयले जनाएको छ।
ईश्वर पोखरेलको नेतृत्वमा रहेको एमाले सचिवालय समितिमा २ उपमहासचिव, ५ सचिव र एक जना कार्यालय सचिव हुनेछन्।
याे पनि : अन्तिम बन्यो नेकपाको बैठक, एमाले र माओवादी केन्द्र भए अलग

प्रतिक्रिया