सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को दर्ता खारेज गर्ने सर्वाेच्च अदालतले गरेको फैसलाप्रति प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताबाट खुसी प्रकट गर्ने क्रम जारी छ।
याे पनि : सर्वाेच्च अदालतले एमाले ब्युँताइदिएकामा ओली पक्ष खुसी
यसै क्रममा नेकपा ओली समूहका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले पनि यस विषयमा सकारात्मक अभिव्यक्ति दिएका छन्।
‘विगतको वस्तुनिष्ठ समीक्षा र त्यसैको जगमा अघि बढ्नुपर्ने आवश्यकतालाई आज (आइतबार) को सर्वोच्च अदालतको फैसलाले औंल्याएको छ,’ उपप्रधानमन्त्री पोखरेलले आइतबार राति सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘बुझ्नुपर्ने सबैले बुझ्नैपर्छ।’
याे पनि : ऋषि कट्टेलको नेकपाले आधिकारिकता पायो, अब प्रचण्ड–ओलीहरूको नेकपाचाहिँ के हुन्छ?

प्रतिक्रिया