इंग्लिस प्रिमियर लिगमा आइतबार रातिको खेलमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीविरुद्ध शानदार जित हासिल गरेको छ।
खेलमा युनाइटेडले सिटीविरुद्ध २–० गोल अन्तरको जित हात पारेको हो।
लिगमा जित निकाल्नु युनाइटेडका लागि अति महत्वपूर्ण थियो। टिमका लागि खेलको दोस्रो मिनेटमै ब्रुनो फर्नान्डेजले पहिलो गोल गरेका थिए। त्यस्तै दोस्रो हाफ सुरु भएलगत्तै ल्युक शले अर्को गोल थप्दै युनाइटेडलाई महत्वपूर्ण तीन अंक जुटाएका थिए।
सिटीले भने १ गोल पनि गर्न सकेन। ३३ प्रतिशत मात्र बल पोसेसन भए पनि युनाइटेड गोल स्कोरमा पछि परेन। खेलमा युनाइटेडका तीन खेलाडीले पहेँलो कार्ड पाएका थिए। ६७ प्रतिशत बल पोसेसन आफ्नो पक्षमा पारे पनि सिटीले स्कोर भने गर्न सकेन।
प्रिमियर लिगको अंक तालिकामा सिटी अझै पनि पहिलो स्थानमा रहेको छ। उसको ६५ अंक हुँदा दोस्रो स्थानमा रहेको युनाइटेडको बल्ल ५४ अंक रहेको छ।
दुवै टोलीले २८÷२८ खेल खेलेका छन्। जसमा सिटीले २० खेलमा जित निकाल्दै ३ खेल गुमाएको छ भने युनाइटेडले केवल १५ वटामा जित र ९ खेलमा बराबरीसहित ४ खेल हारेको छ।
तेस्रो स्थानमा रहेको लिसेस्टर सिटीको भने ५३ अंक छ।

प्रतिक्रिया