राजनीति


प्रधानमन्त्रीले कोरोना खोप लगाएर आइतबारबाट दोस्रो चरणको अभियान सुरुवात गर्ने

प्रधानमन्त्रीले कोरोना खोप लगाएर आइतबारबाट दोस्रो चरणको अभियान सुरुवात गर्ने

नेपालखबर
फागुन २२, २०७७ शनिबार ७:४८,

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेयश त्रिपाठीले प्रधानमन्त्री ओलीले आइतबार बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा खोप लगाउने जानकारी दिए।

दोस्रो चरणमा सरकारले ६५ वर्षमाथिका उमेर समूहका नागरिकलाई खोप लगाउने तयारी गरेको छ।

सोही खोप अभियान प्रधानमन्त्री ओलीले खोप लगाएर गर्नेछन्।

कोभ्याक्सबाट नेपालले आइतबार पहिलो खेप खोप प्राप्त गर्ने भएको छ।

विश्व स्वास्थ्य संगठन तथा गाभी लगायत संस्थाहरुको साझा एलायन्स कोभ्याक्सबाट एसियाका भोली नेपालसँगै बर्मा र श्रीलंकाले पाउनेछन्।

नेपालले पहिलो खोपमा ३ लाख ४८ हजार डोज पाउन लागेको हो। स्वास्थमन्त्री त्रिपाठीले कोभ्याक्सलाई पहिलो प्राथमिकतामा राखेकोमा धन्यवाद दिएका छन्।

नेपालले कोभ्याक्समार्फत ६० लाख डोज पाउनेछ। बाँकी खोप अन्य चरणमा आउनेछन्।

कोभ्याक्सबाट नेपालले सेरम इन्सच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप नै पाउन लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad