राजनीति


अब ओलीको कन्तविजोग हुन्छ : नेपाल

अब ओलीको कन्तविजोग हुन्छ : नेपाल

नेपालखबर
फागुन २२, २०७७ शनिबार ७:४२,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओली अब सडकमा पछारिने दिन धेरै टाढा नरहेको बताएका छन्।

शनिबार खोटाङका काठमाडौँ सम्कर्प मञ्चको कार्यक्रममा अध्यक्ष नेपालले अबको केही दिनेमा नेकपाको आधिकारिकत र चुनाव चिन्ह आफूहरुले पाउने र त्यसपछि ओलीको कन्तविजोग हुने बताएका छन्।

‘अब केही हप्ताभित्र नै नेपाल कम्युनिस्ट पार्टी र सूर्य चुनाव चिन्ह कस्को हो भन्ने फैसला हुन्छ’, नेपालले भने, ‘केपी ओली सडकमा पछारिने छन्, विचराको कन्तविजोग हुनेछ।’

उनले यो पहिल्यै हुनु पर्ने भए पनि अनेक जालझेल, षड्यन्त्र, दबाब धम्की दिएर, विभिन्न निकायलाई तनावमा राखेर नेकपाको विवाद समधान हुन नदिएको आरोप लगाउ।

उनले राज्यका संवैधानिक निकायहरुले कानुनसम्मत रुपमा गर्ने कामलाई अनेक ढंगबाट प्रभावित पार्ने कोशिस भए पनि ओलीको पक्षमा राम्रो संकेत नभएको बताए। उनले यसको सुरुवात सर्वोच्चको फैसलाबाट भइसेको दावी गरे।

‘संवैधानिक निकायहरुले इमान्दारीताका साथ कानुनसम्मत् ढंगले गर्ने कामहरुमा पनि अनेक ढंगबाट प्रभावित पार्ने कोशिस भए, अब ती कोशिसहरु सफल हुने दिशामा छैनन्’, उनले भने, ‘संकेत केपी ओलीको पक्षमा सकारात्मक छैन, यसको सुरुवात सर्वोच्च अदालतबाट भइसकेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad