विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट जनपत्रकार संगठनका निवर्तमान अध्यक्ष प्रकाश डुम्रेले पार्टी र सरकारबीच भएको सहमतिलाई आफूअनुकूल व्याख्या नगर्न आग्रह गरेका छन्।
नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौंमा आई सहमतिपत्रमा हस्ताक्षर तथा प्रधानमन्त्री केपी ओली शर्मासँग एकै मञ्चमा उभिएर सम्बोधन गरेका दिन शुक्रबार सामाजिक सञ्जालमार्फत डुम्रेले सहमतिप्रति उठेका प्रश्नका जवाफ एकाध महिनापछि प्राप्त हुने दाबी गरेका हुन्।
‘सहरमा उठेका प्रश्न, जिज्ञासा र सवालहररूको जवाफ एकाध महिनामा पक्कै सबैले पाउनेछौं,’ डुम्रेले लेखेका छन्, ‘सहमतिका कुनै पनि बुँदामा संसदीय व्यवस्था अंगीकार गरियो भनिएको जस्तो लाग्दैन, तर्सथ यसलाई आफूअनुकूल र आफ्नो कोणबाट व्याख्या गर्ने काम नगरौं।’

याे पनि : सरकार र विप्लव नेकपाबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर

प्रतिक्रिया