निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवादको टुंगो आइतबार लगाउने बताएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबारभित्रमा नेकपाको आधिकारिकता विवाद टुंगो लगाउने बताए हुन्।
शुक्रबार आयोग पुगेका प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका नेताहरुसँग प्रमुख आयुक्त थपलियाले आइतबार आयोगको बैठक राखेर आधिकारिकताबारे निर्णय गर्ने बताएको स्थायी समिति सदस्य राजेन्द्र पाण्डेले जानकारी दिए।
‘प्रमुख निर्वाचन आयुक्तले आइतबार बैठक राखेर यस विषयमा निर्णय गर्छु भन्नुभयो,’ पाण्डेले नेपालखबरसँग भने।
पाण्डेसहित लीलामणि पोखरेल, रामनारायण बिडारी, कृष्णभक्त पोखरेल लगायतका नेताहरु नेकपाको आधिकारिकता, नाम र चुनाव चिन्हको विषयमा निर्णय दिन आयोगले ढिलाई गरेको भन्दै ‘ताकेता पत्र’ लिएर शुक्रबार दिउँसो आयोग पुगेका हुन्।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित भएको छ। प्रचण्ड–नेपाल पक्षले माघ २० गते आयोगमा बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर बुझाउँदै आधिकारिता आफूहरुले पाउनुपर्ने दावी गरेको थियो।
‘तपाईँहरुले नेकपाको ४ सय ४१ सदस्यीय केन्द्रीय समितिलाई मान्यता दिनुभयो,’ प्रमुख आयुक्त थपलियासँग राखेको असन्तुष्टिलाई उद्धृत गर्दै पाण्डेले भने, ‘तर, बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर बुझाइसकेको निर्णय गर्न किन आनाकानी गर्नुभएको हो?, त्यही भएर ताकेता पत्र लेखेर ल्याएका हौं।’
प्रचण्ड–नेपाल पक्षको बुधबार बसेको केन्द्रीय कमिटी बैठकले आयोगको कार्यशैलीप्रति आपत्ति जनाउँदै राज्यको कानुन, नेकपाको विधान, लोकतान्त्रिक प्रणाली र मान्यताबमोजिम तत्काल निष्पक्ष एवं न्यायसंगत निर्णय गर्नुपर्ने निष्कर्ष निकालेको थियो।
प्रचण्ड–नेपाल पक्षले निर्वाचन आयोगलाई बुझाएको पत्रको पूर्णपाठ





Shares

प्रतिक्रिया