राजनीति


प्रचण्ड–नेपाल पक्षको संसदीय दलको नेतामा प्रचण्ड, ओलीलाई हटाइयो

प्रचण्ड–नेपाल पक्षको संसदीय दलको नेतामा प्रचण्ड, ओलीलाई हटाइयो

नेपालखबर
फागुन २१, २०७७ शुक्रबार १०:२९,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको सो पक्षको संसदीय दलको बैठकले केपी शर्मा ओलीलाई दलको नेताबाट हटाई सो पदमा प्रचण्डलाई चयन गरेको एक सांसदले जानकारी दिए।

प्रचण्डको प्रस्तावक माधवकुमार नेपाल र समर्थक पम्फा भुसाल रहेका थिए।

कानुन व्यवसायीहरुको सुझावको आधारमा दलको बैठकको अध्यक्षता नेता झलनाथ खनालले गरेका थिए ।

खनालले संसदीय दलका सदस्यहरुमध्ये ज्येष्ठताका आधारमा आजको बैठकको अध्यक्षता गरेका हुन्।

प्रतिनिधि सभा विघटन भएपछि विभाजित भएको नेकपाको प्रचण्ड–नेपाल पक्षले त्यसलगत्तै पनि ओलीलाई संसदीय दलको नेताबाट हटाएको घोषणा गरेको थियो।

‘यसअघि हामीले हटाउने निर्णय गरेका थियौं तर त्यतिबेला प्रतिनिधि सभा नरहेको हुँदा अहिले थप विधिवत रुपमा चयन प्रक्रिया सुरु गरेका हौं,’ सो दलका प्रमुख सचेतक देव गुरुङले बताए।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन भएपछिको समयलाई शून्य अवधि भनेको हुँदा आफूहरुले प्रचण्डलाई फेरि थप विधिवत् रुपमा दलको नेता चुनेको गुरुङले प्रष्ट्याए।

दलको बैठकमा बहुमत सांसद आफूहरुतिर रहेको प्रचण्डले ब्रिफ्रिङ गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad