राजनीति


तीन बुँदे सहमतिमा नेपाललाई आत्मनिर्भर, स्वाधीन र सुन्दर देश बनाउने सपना छ : विप्लव

तीन बुँदे सहमतिमा नेपाललाई आत्मनिर्भर, स्वाधीन र सुन्दर देश बनाउने सपना छ : विप्लव

नेपालखबर
फागुन २१, २०७७ शुक्रबार ९:३४,

नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमतिमा नेपाललाई सुन्दर देश बनाउने सपना रहेको बताएका छन्।

शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सहमतिमा हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै महासचिव विप्लवले यो सहमति सरकार र आफ्नो पार्टीबीच मात्रै नभएको बताए।

‘यो सहमति केवल नेपाल सरकार र नेकपाको मात्रै कुरा होइन, यो सहमति पार्टी रकेही नेताको मात्रै कुरा होइन, यो सहमतिको पछाडि हाम्रो सहमतिमा लुकेको महान् आकांक्षा छ’, उनले भने, ‘नेपाल देशलाई एउटा आन्मनिर्भर, स्वाधीन र सुन्दर देश बनाउने सपना योभित्र छ। यो भित्र देशमा दीर्घ शान्ति, स्थिरिता कायम गर्ने र समृद्ध जीवनको चाहना रहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad