राजनीति


प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठक सुरु

प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठक सुरु

नेपालखबर
फागुन २१, २०७७ शुक्रबार ८:३९,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ।

बैठकमा संघीय संसदको उपल्लो सदन राष्ट्रिय सभा र तल्लो सदन प्रतिनिधि सभा दुवैतर्फका सांसद उपस्थित छन्।

बैठक सुरु हुँदा दुवै तर्फका गरी १ सय १२ जना उपस्थित रहेको सांसद कृष्णभक्त पोखरेलले बताए।

‘अहिलेसम्म १ सय १२ जना आइपुग्नुभएको छ, अरु आउने क्रममै हुनुहुन्छ भने केहि बाहिरी जिल्लामै हुनुहुन्छ जस्तो योगेश भट्टराई गृहजिल्ला ताप्लेजुङमा हुनुहुन्छ,’ बैठकस्थलमा रहेका पोखरेलले भने।

पार्टी विभाजनमा दुवैतर्फ प्रष्ट नखुलेकी सांसद माया ज्ञवाली पनि सो बैठकमा उपस्थित भएकी छन्। उनलाई यसअघि ओलीतर्फ खुलेको बताइएको थियो।

नेकपाले संसदीय दलको नेता चुन्दा वा हटाउँदा मतदान गर्नुपरेमा संघीय संसदका दुवै सदनका सांसदले मतदान गर्छन्।

संसदमा हुने प्रधानमन्त्री निर्वाचनमा भने प्रतिनिधि सभाका सांसदले मात्र मतदान गर्छन्।

यो पनि : 
माया ज्ञवाली प्रचण्ड–नेपाल पक्षको संसदीय दलमा उपस्थित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .