अटो


सर्लाहीको मलङ्गवामा खुल्यो बेनेली मोटरसाइकलको नयाँ शोरुम

सर्लाहीको मलङ्गवामा खुल्यो बेनेली मोटरसाइकलको नयाँ शोरुम

नेपालखबर
फागुन २१, २०७७ शुक्रबार ८:२१,

बेनेली मोटरसाइकलको नयाँ शोरुम सर्लाहीको मलङ्गवामा स्थापना भएको छ ।

पीएस इन्टरप्रइजेस बेनेली मोटरसाइकलको लागि सर्लाही जिल्लाको अधिकृत बिक्रेता हो । मलङ्वा, सर्लाहीमा स्थापना भएको नयाँ शोरुम र वर्कशप सुविधा सम्पन्न एवम् अन्तर्राष्ट्रियस्तरको रहेको कम्पनीले जनाएको छ । पीएस इन्टरप्राइजेसले शोरूममा पाँच नयाँ मोडेल पनि प्रस्तुत गरेको छ ।

नेपाली राइडरहरुलाई फाइदा पु¥याउनेछ । कम्पनीको अनुसार सबै मोडेलहरू दुई वर्ष इन्जिन वारेन्टीको रहेको छ । बेनेली मोटरसाइकल नेपालका महाप्रबन्धक बैद्यनाथ महतोेको अनुसार सबै मोडेलहरू शक्तिशाली इन्जिन र अधिकतम प्रदर्शनको उत्कृष्ट संयोजन हो ।

बेनेली शोरुमको प्रक्षेपणसँगै विश्वस्तरीय सवारी मेसिनहरूका विभिन्न मोडलहरू प्रदर्शन गर्दै बेनेली नेपाल उत्साहित बाइक उत्साहीहरुको माग पूरा गर्न उत्साहित छ । बेनेली इटालियन मोटरसाइकल ब्रान्ड हो । १९११ देखि नै मोटरसाइकल पारखीबीच एक बेग्लै पहिचान बनाएको छ ।

नेपालको लागि बेनेलीको आधिकारित बिक्रेता केटीएम इन्टरन्यासनल ट्रेडिङ प्रालि हो । कम्पनीले ३एस (सेल्स, स्पेयर, सर्भिस)को सुविधा नेपालको विभिन्न ठाउँमा सजिलैसँग उपलब्ध गराउँदै आइरहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .