प्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोडस्थित प्रतावित बीएन्डसी मेडिकल कलेजलाई छिट्टै सम्बन्धन पाउने बताएका छन्।
बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले सञ्चालनमा ल्याएको पूर्वाञ्चल क्यान्सर अस्पतालको मंगलबार बिर्तामोडमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बीएन्डसी छिट्टै काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन पाउने ओलीले बताए।
‘क्यान्सर अस्पताल मात्र हैन, बीएन्डसी टिचिङ अस्पताल अब शिक्षण अस्पतालको रूपमा अगाडि बढ्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यो कुरा अघि बढिसकेको छ।’
प्रधानमन्त्री ओलीले अनुमतिका लागि काठमाडौं विश्वविद्यालयबाट प्रक्रिया अन्तिम चरणमा पुगेको बताए।
प्रधानमन्त्री र शिक्षामन्त्रीको दबाबपछि काठमाडौं विश्वविद्यालयको कार्यकारिणी सभा (सिनेट) बैठकबाट यो प्रक्रिया अगाडि बढिसकेको बताइएको छ।
Shares
प्रतिक्रिया