प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास र उद्घाटनका लागि दौडधूप गरिरहेको देखेपछि लेखक खगेन्द्र संग्रौलाले कडा व्यंग्य गरेका छन्।
उनले आफ्नो टोलमा भर्खर बनेको सार्वजनिक शौचालय उद्घाटनको प्रतीक्षामा रहेको भन्दै त्यसका लागि पहुँच हुनेले प्रधानमन्त्रीलाई अनुरोध गरिदिन भनेर कटाक्ष गरेका हुन्।
‘प्रम ओलीलाई जति धेरै उद्घाटन गर्याे उति ठूलो शासक भइन्छ भन्ने लागेको बुझियो,’ मंगलबार बिहानै सामाजिक सञ्जालमा संग्रौलाले लेखेका छन्, ‘मेरो टोलमा नवनिर्मित सार्वजनिक शौचालय उद्घाटनको प्रतीक्षामा छ। यो धर्मभीरू ओली सरले पवित्र र पूज्य मानेको पाशुपत क्षेत्रको शौचालय हो। लौ न पहुँच हुने कसैबाट ओली सरसमक्ष अनुरोध गरिपाऊँ।’

प्रतिक्रिया