राष्ट्रिय सभा सदस्य कोमल वलीविरुद्ध अभद्र अभिव्यक्ति दिएपछि नेकपाका नेता रघुजी पन्तको आलोचना गर्ने क्रम जारी छ।
यस क्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि कडा विरोध जनाएका छन्।
मन्त्री अर्यालले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘दृष्टिकोणको क्षय, विचारमा विचलन भएपछि धेरै रघुजी पन्तहरू प्रकट हुन्छन्।कसरी बोल्न सकेको होला? धिक्कार छ।’
यसैगरी मुख्यमन्त्री पोखरेलले पनि सामाजिक सञ्जालमै लेखेका छन्, ‘मा. कोमल वली चर्चित लोक गायिका र सञ्चारकर्मी हो। राजनीतिमा उनको प्रवेश सोही परिवेशबाट भयो। लैंगिक रूपमा उनको आलोचना खेदजनक छ।’
प्रचण्ड–नेपाल पक्षका नेता पन्तले एक सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्ने क्रममा ‘पिँडुला देखाएर पोइला जान पाम्’ भनेकै भरमा कुनै महिलालाई सांसद बनाइदिएको कुनै महिलाले भने पार्टीमै कपाल फुलाउँदा पनि कुनै पद नपाएको भनेर भाषण गरेका थिए।
नेता पन्तविरुद्ध राजनीतिक मात्र होइन, कलाकारितालगायत विभिन्न क्षेत्रबाट विरोध प्रकट गर्ने क्रम जारी छ।
यद्यपि उनले आफू महिलाप्रति सम्मान गर्ने व्यक्ति भएको तर बोल्ने क्रममा जिब्रो चिप्लिएको भन्दै सार्वजनिक रूपमा ‘सरी’ भनिसकेका छन्।
याे पनि :
रघुजी पन्तले ‘पिँडुला देखाएर सांसद बनेको’ भनेपछि कोमल वलीको गम्भीर आपत्ति

प्रतिक्रिया