प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
प्रधानमन्त्री ओलीले शुक्रबार साँझ ५ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए।
‘एजेन्डा भनिएको छैन’, ती मन्त्रीले नेपालखबरसँग भने, ‘साँझ ५ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको छ।’
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि पहिलोपटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो।
बैठकले बैठकले प्रतिनिधिसभा बैठक आह्वानका लागि राष्ट्रपति कार्यालयलाई सिफारिस पठाउन सक्ने सम्भावना रहेको ती मन्त्री बताए।
अदालतले प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गर्दै १३ दिनभित्र संसद् बैठक बोलाउन आदेश दिएको थियो।

प्रतिक्रिया