प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ शान्ता चौधरीले नेकपालाई बलियो बनाएर जनमतको सम्मान गर्न आग्रह गरेकी छन्।
शुक्रबार चौधरीले सामाजिक सञ्जालमार्फत उनले दुनियाँसामू रमिता देखाउन बन्द गरेर आफ्नो घर बलियो बनाउन आग्रह गरेकी हुन्। उनले अरुको दैलो नचाहर्न समेत आग्रह गरेकी छन्।
उनले अहिलेसम्म केही नबिग्रेको भन्दै सबैलाई एक ठाउँमा हुन आग्रह गरेकी छन्।
‘हामी आत्तिनुपर्ने कुनै कारण छैन, हामी सब एक ठाउँमा हौं, अहिलेसम्म केही बिग्रेको छैन, दुनियाँको सामु रमिता देखाउन बन्द गरौं’, शुक्रबार बिहान ट्विटरमा नेतृ चौधरीले लेखेकी छन्, ‘आफ्नै घर बलियो बनाएर जनताको मतको सम्मान गरौं, अरुको दैलो नचहारौं। यसैमा सबैको भलो हुनेछ।’
— Shanta Chaudhary (@shantadangnepal) February 26, 2021हामी आत्तिनु पर्ने कुनै कारण छैन हामी सब एक ठाउमा हौं ,अहिले सम्म केही बिग्रेको छैन, दुनियाँको सामु रमिता देखाउन बन्द गरौं ,आफ्नै घर बलियो बनाएर जनताको मतको सम्मान गरौं, अरुको दैलो नचहारौं । यसैमा सबैको भलो हुनेछ ।
Shares

प्रतिक्रिया