प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्वमा नयाँ सरकार बन्न असम्भव रहेको बताएका छन्।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सल्लाहकार थापाले प्रचण्ड–नेपाल नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना शून्य बराबर रहेको बताए।
प्रतिनिधि सभा पुनर्स्थापनापछि प्रचण्ड–नेपाल नयाँ सरकार निर्माणका लागि राजनीतिक भेटघाट तीव्र पारिरहेका बेला ओली समूहका केन्द्रीय सदस्य समेत रहेका थापाले यस्तो प्रतिक्रिया दिएका हुन्।
उनले प्रचण्ड–नेपालको नेतृत्वमा नयाँ सरकार बन्नु भनेको गोरु ब्याएर बिगौती खान खोजेजस्तो मात्रै भएको बताएका छन्।
‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको नेतृत्व (प्रधानमन्त्रित्व)मा नयाँ सरकार बन्ने संभावना त शून्य बराबर, अर्थात् असंभव नै छ। यो गोरू ब्याएर बिगौती खान खोजेजस्तै मात्र हो ! कान्तिपुरी नगरी परिक्रमाले देखाएको, अरू हेर्दै जाओैं!!’, फेसबुकमा नेता थापाले भनेका छन्।

प्रतिक्रिया