नेकपा नेता लालबाबु पण्डितले पार्टी एकता कठिन भए पनि सम्भावना भने समाप्त नभएको बताएका छन्।
उनले नेकपा बहुमत प्राप्त पार्टी भएका कारण कांग्रेसको नेतृत्वमा सरकार बनाउन जान नहुने बताएका छन्।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटनको निर्णयलाई मंगलबार सर्वोच्च अदलतले उल्टाइदिएको छ।
प्रधानमन्त्रीको कदमपछि नेकपा विभाजित भएको छ भने पुनस्र्थापनापछि नेकपाका दुवै समूह कांग्रेसलाई प्रधानमन्त्री बनाउन लागिपरेका बेला नेता पण्डितले यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन्। उनी नेकपाको कुनै पनि समूहमा खुलेका छैनन्।
उनले कांग्रेसिको नेतृत्वमा सरकार बनाउनु भनेको जनमतको अपमान हुने भन्दै यसमा आफ्नो विरोध रहने बताएका छन्।
‘नेकपामा कठिन भए पनि एकताको सम्भावना समाप्त भएको छैन।बहुमत प्राप्त पार्टीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउँन जान हुँदैन।यो जनमतको अपमान हुने भएकोले कही यस्तो अवस्था नआओस। मेरो यसमा बिरोध रहने छ। नेतृत्वलाई बेलैमा जानकारी गराउँछु’, बिहीबार दिउँसो नेता पण्डितले फेसबुकमा लेखेका छन्।
नेकपामा कठिन भए पनि एकताको सम्भावना समाप्त भएको छैन।बहुमत प्राप्त पार्टीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाऊँन जान...
Posted by Lalbabu Pandit on Wednesday, February 24, 2021

प्रतिक्रिया