ad ad

राजनीति


अमेरिकी राष्ट्रपति बाइडेनले भने : नेपालसँगको सम्बन्ध थप बलियो हुनेछ

अमेरिकी राष्ट्रपति बाइडेनले भने : नेपालसँगको सम्बन्ध थप बलियो हुनेछ

नेपालखबर
फागुन १३, २०७७ बिहिबार २:२४,

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालसँगको सम्बन्ध थप बलियो बनाउन आफू इच्छुक रहेको बताएका छन्।

अमेरिकाका लागि नेपालका राजदूत डा.युवराज खतिवडाले बुझाएको ओहोदाको प्रमाणपत्र स्वीकृत गर्ने क्रममा बाइडेनले आफ्नो सरकार दुई देशबीचको सम्बन्ध थप बलियो बनाउन र साझा कार्यसूचीमा एक साथ काम गर्न इच्छुक रहेको बताएका हुन्। कोरोना भाइरस सङ्क्रमणका कारण पत्राचारमार्फत ओहोदाको प्रमाणपत्र बुझाइएको अमेरिकास्थित नेपाली राजदूतावासले जनाएको छ।

खतिवडाले बुझाएको ओहोदाको प्रमाणपत्र राष्ट्रपति बाइडेनले स्वीकृत गरेका छन्। त्यसक्रममा बाइडेनले खतिवडालाई कूटनीतिक व्यक्तिका रूपमा स्वागत गरेका छन्। त्यसक्रममा खतिवडाले नेपालका प्रधानमन्त्री तथा नेपाली जनताको तर्फबाट राष्ट्रपति बाइडेनको सफल कार्यकाल, सुख र शुस्वास्थ्यको कामना गर्नुका साथै अमेरिका र त्यहाँका जनताको समृद्धिका लागि शुभकामना व्यक्त गरेका थिए।

साथै राजदूत खतिवडाले नेपालको समग्र विकासमा अमेरिकी सरकारले गरिरहेको सहयोगको सराहना गर्दै आगामी दिनमा बहुपक्षीय क्षेत्रमा सम्बन्ध विस्तार गरेर दुई देशबीच गहिरो र फराकिलो सम्बन्ध बनाउन सहकार्य गर्ने चाहना व्यक्त गरेको अमेरिकास्थित नेपाली राजदूतावासले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .