ad ad

समाज


जाडो याम सकिनै लाग्दा सुरु भयो चट्याङसहित वर्षाको मौसम

जाडो याम सकिनै लाग्दा सुरु भयो चट्याङसहित वर्षाको मौसम

नेपालखबर
फागुन १३, २०७७ बिहिबार २:२२,

जाडो याम अर्थात् मौसमविद्को भाषामा ‘विन्टर सिजन’ सकिनै लाग्दा ‘प्रि-मनसुन’ (वर्षा यामभन्दा अगाडिको अवधि) का संकेत देखिन थालेका छन्।

मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) बिहान ६ बजे प्रकाशन गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आजदेखि शनिबारसम्म पहाडी भेगका विभिन्न स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना छ (तीन दिनसम्मकै मौसम अनुमान तल प्रस्तुत गरिनेछ)।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार डिसेम्बरदेखि यही फेब्रुअरी महिनासम्मको अवधिलाई विन्टर मानिन्छ भने मार्चदेखि मौसम प्रि-मनसुनमा प्रवेश गर्छ। मेसम्म जारी रहने प्रि-मनसुनमा मेघगर्जन, चट्याङसहित वर्षा हुने गर्छ।

‘फेब्रुअरी सकिनै लागेको अवस्था छ, त्यही भएर अहिलेदेखि नै त्यस्ता गतिविधि सुरु हुन लागेका हुन्,’ बिहीबार बिहान मौसमविद् मानन्धरले नेपालखबरसँग भनिन्। 

उनका अनुसार अहिले देशभर न्यूनतम तापक्रम पनि निकै बढेको छ। आज बिहान साढे ५ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री सेल्सियस छ। आज बागमती प्रदेशको पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना रहे पनि काठमाडौं उपत्यकामा भने मौसम बदली मात्र हुने तर पानी पर्ने सम्भावना नरहेको जानकारी पनि उनले दिइन्।

मौसमविद्का अनुसार प्रि-मनसुन सकिएपछि मनसुन अर्थात् वर्षा याम सुरु हुन्छ।

यस्तो छ, आगामी ३ दिनको मौसम पूर्वानुमान :

बिहीबार (आज)
दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश नं १, बागमति प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

शुक्रबार
दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

शनिबार
दिउँसो : देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राती : देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना साथै प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

याे पनि :  घरभित्रै बस्दा पनि चट्याङबाट जाेगिन यसो गर्नुपर्छ (भिडियो सन्देशसहित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .