राजनीति


प्रचण्ड-नेपाललाई ओलीको व्यंग्य : भाइहरुले लड्डु खाएछन्, अब के पाउँछन् हेर्नुछ

प्रचण्ड-नेपाललाई ओलीको व्यंग्य : भाइहरुले लड्डु खाएछन्, अब के पाउँछन् हेर्नुछ

नेपालखबर
फागुन १२, २०७७ बुधबार ११:२५,

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिएको बताएका छन्।

बुधबार ‘नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले स्वार्थबाट लपेटिएकाहरुका लागि यस्ता कुराले धेरै उत्साहित बनाउने बताए।

उनले मंगलबार सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गरेपछि प्रचण्ड र माधव नेपालले लड्डु खाएको भन्दै अब उनीहरुले के पाउँछन् आफूले हेर्ने बताए।

‘मेरा केही भाइहरुले लड्डु खाए, ‘मुहँ मिठा’ गरे’ ओलीले भने, ‘अब के पाउँछन् हेर्नुछ।’

उनले केही दिनपछि आफ्नो राजीनामा मागिने भन्दै सरकार निरन्तर रहने दाबी गरे।

उनले भने, ‘अब भोलि पर्सीबाट राजीनामा माग्छन् होला। राजीनामा दे, राजीनामा दे भनेर। तर, सरकार निरन्तर रहन्छ। विकास र समृद्धि अगाडि बढिरहन्छ।’

प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री भएपछि देशले विकासमा फड्को मारेको दाबी पनि गरे। उनले सबैलाई पदमा रहुन्जेल र बाँचुन्जेल राम्रो गर्न सुझाव पनि दिए।

‘मान्छे सधैँ पदमा रहिरहन्न। पदमा रहिन्जेल, बाँचुन्जेल राम्रो काम गर्ने हो’ उनले भने, ‘निराश कहिल्यै हुनुहुँदैन। सूर्य उदाउँदा पनि रातै भएर उदाउँछ। अस्ताउँदा पनि रातै भएर अस्ताउँछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad