कारोबार


मयूरधाप औद्योगिक क्षेत्र शिलान्यास फागुन १४ मा

मयूरधाप औद्योगिक क्षेत्र शिलान्यास फागुन १४ मा

नेपालखबर
फागुन १२, २०७७ बुधबार १०:४६,

हेटौँडा उपमहापालिका-१३ र १४ मा स्थापित भएको मयूरधाप औद्योगिक क्षेत्रलाई यही फागुन १४ गते शिलान्यास गर्ने कार्यक्रम रहेको हेटौँडा औद्योगिक क्षेत्रले जनाएको छ।

नेपाल सरकारले २०७२ चैत १ गते मयूरधापलाई औद्योगिक क्षेत्रका रुपमा घोषणा गरेको थियो।

मयूरधापको करीब २०० बिघा क्षेत्रफलको सरकारी जग्गामा संघीय सरकारले मयूरधाप औद्योगिक क्षेत्रलाई छुट्याइएको थियो। मयूरधाप औद्योगिक क्षेत्रभित्र २०७५ कात्तिक ५ गतेदेखि परियोजना कार्यालयको स्थापना गरिएको बताइएको छ। औद्योगिक क्षेत्रको परिसरमा ६२ वटा औद्योगिक प्लट छुट्याइएको छ।

छुट्याइएको सो प्रत्येक प्लटमा क्रमशः ७ देखि १४ रोपनीसम्मको जग्गालाई विभाजन गरिएको बताइएको छ।

यसैगरी सो औद्योगिक क्षेत्रमा संघीय सरकारको निर्णयअनुसार सुरक्षण मुद्रण विभागलाई २५० रोपनी जग्गा उपलब्ध गराइसकिएको पनि हेटौँडा औद्योगिक क्षेत्रका प्रबन्धक राजेन्द्रप्रसाद कँडेलले बताए।

उनका अनुसार उल्लिखित विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर)अनुसारको पूर्वाधार निर्माणका लागि करीब रु सात अर्ब दुई करोड ३४ लाख रकम सरकारको लगानी हुने भएको जानकारी दिएका छन्। मयूरधाप औद्योगिक क्षेत्रमा स्थापना हुने विभिन्न उद्योगहरुबाट प्रत्यक्ष तथा अप्रत्यक्ष गरी करीब २० हजारले रोजगारीको अवसर प्राप्त गर्ने भएको बताइएको छ।

संघीय सरकारद्वारा हालै सरकारी जग्गा यस औद्योगिक क्षेत्रको नाममा दर्ता गरेर लालपुर्जा तयार गरी जग्गाको स्वामित्व पनि हस्तान्तरण गरिसकिएको र सो जग्गाको चारैतर्फ कम्पाउन्डले घेरिएको हेटौँडा औद्योगिक क्षेत्रका सूचना अधिकारी राजेन्द्र श्रेष्ठले बताए। हेटौँडा बजारबाट दक्षिणतर्फ रहेको मयूरधाप औद्योगिक क्षेत्र करीब पाँच किलोमिटर टाढा रहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad