राजनीति


डा. भट्टराईको स्वास्थ्य परीक्षण जारी, बायोप्सीको रिपोर्ट आउन ४ दिन लाग्ने

डा. भट्टराईको स्वास्थ्य परीक्षण जारी, बायोप्सीको रिपोर्ट आउन ४ दिन लाग्ने

नेपालखबर
फागुन १२, २०७७ बुधबार ७:८,

उपचारका लागि भारत गएका पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको स्वास्थ्य परीक्षण जारी छ।

 जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले डा. भट्टराईको बायोप्सीको रिपोर्ट आउन अझै ४ दिन लाग्ने बताए

भट्टराईका प्रेस सल्लाहकारसमेत रहेका पाण्डेका अनुसार हिजो (मंगलबार)को परीक्षणपछि थप पीईटी स्क्यान र अरु केही परीक्षण गर्न चिकित्सकले भनेका थिए। पीईटी स्क्यान बायोप्सी र अन्य परीक्षणको रिपोर्ट आएपछि उनको रोगको निर्क्यौल हुनुका साथै निदानको बारेमा अन्तिम टुंगो लाग्ने उनले बताए।

भट्टराई स्वास्थ्य उपचारको सिलसिलामा आइतबार भारत भएका डा. भट्टराई मंगलबार बिहान ९ बजे नयाँदिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’ मा भर्ना भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad