राजनीति


सर्वोच्चले नेपाली भष्मासुरलाई वध गरेर लोकतन्त्रको रक्षा गर्‍यो: बाबुराम भट्टराई

सर्वोच्चले नेपाली भष्मासुरलाई वध गरेर लोकतन्त्रको रक्षा गर्‍यो: बाबुराम भट्टराई

नेपालखबर
फागुन ११, २०७७ मंगलबार १२:५६,

जनता सामाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सर्वोच्च अदालतले संसदलाई पुर्नस्थापना गर्ने फैसलालाई अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको टिप्पणी गरेका छन।

सर्वोच्च अदालतले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनको निर्णय उल्ट्याइदिएको हो।

आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सम्मिलित संवैधानिक इजलासले पुस ५ को सरकारी निर्णय उल्ट्याउँदै संसद् पुनर्स्थापना गर्ने फैसला सुनाएकाे हाे।

प्रधानन्यायाधीशसहित पाँच जना न्यायाधीश रहेकाे संवैधानिक इजलासले प्रतिनिधि पुनर्स्थापना गर्ने निर्णय गरेकाे हाे।

फैसलामा १३ दिनभित्र प्रतिनिधिसभा बैठक बाेलाउन आदेश समेत दिइएकाे छ।

उक्त निर्णय उपर टिप्पणी गर्दै भारतमा उपचाररत् भट्टराईले ट्विटरमा लेखेका छन्, 'कस्तो सुखद संयोग!अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदैगर्दा मनचाहिं देशभित्र सर्वोच्चको फैसलातिर थियो! हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो!'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad