राजनीति


फैसलाले विघटनसँगै अधिनायक आकांक्षालाई समेत बदर गरेको छ: कांग्रेस प्रवक्ता

फैसलाले विघटनसँगै अधिनायक आकांक्षालाई समेत बदर गरेको छ: कांग्रेस प्रवक्ता

नेपालखबर
फागुन ११, २०७७ मंगलबार १२:४९,

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले संसदलाई पुर्नस्थापना गर्ने फैसला विघटनसँगै अधिनायक आकांक्षालाई समेत बदर गरेको बताएका छन।

सर्वोच्च अदालतले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनको निर्णय उल्ट्याइदिएको हो।

आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सम्मिलित संवैधानिक इजलासले पुस ५ को सरकारी निर्णय उल्ट्याउँदै संसद् पुनर्स्थापना गर्ने फैसला सुनाएकाे हाे।

प्रधानन्यायाधीशसहित पाँच जना न्यायाधीश रहेकाे संवैधानिक इजलासले प्रतिनिधि पुनर्स्थापना गर्ने निर्णय गरेकाे हाे।

फैसलामा १३ दिनभित्र प्रतिनिधिसभा बैठक बाेलाउन आदेश समेत दिइएकाे छ।

उक्त निर्णय उपर टिप्पणी गर्दै शर्माले ट्विटरमा लेखेका छन्, 'न्याय मुर्तिहरुलाई लाख लाख सलाम! संसद विघटन असंवैधानिक ठहर गर्दै सिंगो देश आन्दोलनमा थियोl फैसलाले विघटनसंगै अधिनायक आकांक्षालाई समेत बदर गरेको छl संविधान रक्षा गर्दै जनताको जीत भएको छl'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad