राजनीति


संसद् पुनर्स्थापनापछि प्रचण्डले भने : नेपाली जनताको विजय भयो

संसद् पुनर्स्थापनापछि प्रचण्डले भने : नेपाली जनताको विजय भयो

नेपालखबर
फागुन ११, २०७७ मंगलबार १२:४३,

प्रचण्ड–नेपाल नेतृत्वको नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा पुनर्स्थापनाको गर्ने सर्वोच्च अदालतको फैसला स्वागत गरेका छन्।

मंगलबार साँझ सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने फैसला गरेपछि अध्यक्ष प्रचण्डले सर्वोच्चको फैसला नेपाली जनताको पक्षमा भएको र जनताको जित भएको बताए।

‘संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित हो’, उनले भने, ‘सर्वोच्च अदालतले सही फैसला गरेको छ, नेपाली जनतालाई बधाईं छ।’

सवोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्दै १३ दिनभित्र संसद बैठक बोलाउन परमादेश समेत जारी गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad