ad ad

राजनीति


सीमा विवादबीच भारतले आयोजना गर्ने ब्रिक्स शिखर सम्मेलनलाई चीनको समर्थन

सीमा विवादबीच भारतले आयोजना गर्ने ब्रिक्स शिखर सम्मेलनलाई चीनको समर्थन

नेपालखबर
फागुन ११, २०७७ मंगलबार ८:५५,

सीमा विवाद जारी रहेकै समयमा चीनले भारतले आयोजना गर्ने सम्मेलनलाई समर्थन जनाएको एससीएमपीले जानकारी दिएकाे छ।

गत वर्षदेखि चीन र भारत चर्को सीमा विवादमा होमिएका छन्। गत जुनमा विवादित गलवान उपत्यकामा दुवै देशका सेनाबीच झडप हुँदा भारतका २० र चीनको ४ सेनाको ज्यान गएको थियो।

तर पछिल्लो समय भने दुवै देश सीमा विवाद समाधान गर्न तत्पर देखिएका छन्। ९ औं चरणको सैन्य वार्तापछि यतिबेला चीन र भारत दुवैले विवादित पाङगोङ सो ताल वरपरबाट आफ्ना सेनाहरु फर्काउन थालेका छन्।

यसै समयमा भारतले आयोजना गर्ने सम्मेलनलाई चीनले समर्थन जनाएको हो। चीनले यस सम्मेलन भारत–चीन सीमा विवादलाई समाधान गर्ने मञ्चको रुपमा लिएको विश्लेषण गरिएको छ।

यतिबेला दुवै देशका कमाण्डरबीच फेरि दशौं चरणको वार्ता सुरुवात भइसकेको छ।

भारतमा आयोजना हुने ब्रिक्स सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ उपस्थित हुने अनुमान गरिएको छ।

ब्रिक्स ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाजस्ता उदाउँदा अर्थतन्त्र भएका मुलुकको समूह हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .