जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिले अदालतलाई दबाब दिएको पुष्टि भएको दाबी गरेका छन्।
प्रधानमन्त्री ओलीले शनिबार विराटनगरमा ‘जनताका पक्षमा फैसला नआाए आन्दोलन हुन्छ’ भनेर भाषण गरेपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन्।
साथै डा. भट्टराईले त्यस्ता व्यक्तिलाई सत्तामा बस्ने नैतिक अधिकार नहुने दाबी पनि गरेका छन्।
डा. भट्टराईले प्रश्न गरेका छन्, ‘देशको प्रमले नै ‘कुनै सेटिङ/फेटिङ भएर संसद् विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन’ भन्छन् भने त्यस्ता व्यक्तिलाई सत्तामा बस्ने नैतिक अधिकार कसरी रहन्छ?’
उनले अगाडि भनेका छन्, ‘यो लोकतन्त्रमाथि भद्दा मजाक नभए के हो? सत्ता कब्जा गरेर बस्नेको संलग्नताबिना कसले सेटिङ गर्ने हो? अदालतमाथिको दबाब पुष्टि भएन र?’
याे पनि : देश र जनताका विरुद्धमा फैसला भए आन्दोलन हुन्छ : ओली

प्रतिक्रिया