भक्तपुरमा टिपरको ठक्करबाट बोर्डिङ स्कुलको बसका चालकको मृत्यु भएको छ।
अरनिको राजमार्गमा पर्ने भक्तपुर नगरपालिका १ घलातेचोकमा सल्लाघारीबाट जगाती तर्फ जाँदै गरेको बा ५ ख ४७९ नम्बरको टिपरको ठक्करबाट सिन्धुपाल्चोक घर भएका ३५ वर्षीय बलराम तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।
तीव्र गतिको टिपरले बाटो काट्दै गरेका तामाङलाई ठक्कर दिएको प्रत्क्षदर्शीले बताएका छन्। दुर्घटनामा गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी दिपक गिरीले जानकारी दिए।
प्रहरीका अनुसार सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ७ घर भएका तामाङ ललितपुरको कुपण्डोलस्थित नाईटिङ्गेल बोर्डिङ स्कुलको बसका चालक हुन्। दुर्घटनापछि टिपर पनि सडक किरारमा पल्टिएको प्रहरीले जनाएको छ।
टिपर चालक सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका ११ का २९ वर्षीय सुरेन्द्र खत्रीलाई प्रहरीले पक्राउ गरेको छ।
Shares

प्रतिक्रिया