ad ad

राजनीति


निर्मलाको हत्यारा पनि कानुनको नजिक आएको छ, छिट्टै कठघरामा उभ्याउछौँ : गृहमन्त्री

निर्मलाको हत्यारा पनि कानुनको नजिक आएको छ, छिट्टै कठघरामा उभ्याउछौँ : गृहमन्त्री

नेपालखबर
फागुन ८, २०७७ शनिबार ९:५३,

गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको हत्यारा पनि कानुनको पञ्जाको नजिक आइसकेको बताएका छन्।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले विराटनगरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले निर्मलाको हत्यारा पनि छिट्टै पक्राउ पर्ने बताए।

‘निर्मलाको हत्यारा, बलात्कारी पनि अब हाम्रो कानुनको पञ्जाको नजिक आइसकेको छ’, उनले भने, ‘त्यसलाई पनि हामी छिट्टै कानुनको कठघरमा उभ्याउनेछौँ।’

गृहमन्त्री थापाले कैलालीकी युवती भागरथी भट्टको बलात्कारपछि हत्या गर्नेलाई प्रधानमन्त्री ओलीले पानीमुनि गए पनि नछा्ने उद्घोष गरेको र सोही उद्घोषबमोजिम आफूहरुले हत्यारालाई पक्राउ गर्न सफल भएको बताए।

गृहमन्त्री थापाले भागरथी भट्टको बलात्कारपछि हत्या गर्नेलाई प्रधानमन्त्री ओलीले पानीमुनि गए पनि नछा्ने उद्घोष गरेको र सोही उद्घोषबमोजिम आफूहरुले हत्यारालाई पक्राउ गर्न सफल भएको बताए।

महिलाहरुको बलात्कार र हत्या गर्ने अपराधीहरुलाई पानीमुनि गएपनि छाड्ने छैनौँ, कानुनको कठघरमा ल्याएरै छाड्छौँ भनेर प्रधानमन्त्रीले उद्घोष गर्नुभयो। उक्त उद्घोष भागरथीको सन्दर्भमा थियो’, मन्त्री थापाले भने, ‘प्रधानमन्त्रीको उद्घोषलाई हामीले सत्य सावित ग¥यौँ, भागरथीको हत्यारा, बलात्कारीलाई कानुनको कठघरमा उभ्याउन सफल भएका छौँ।’

गृहमन्त्री थापाले सरकारको यो तीन वर्षमा सबैभन्दा बढी भ्रष्टाचारीलाई कारबाही गरेको दावी गरे। उनले महिला हिंसाको अन्त्य, गुण्डाराजको अन्त्य पनि यो तीनवर्षै कार्यकालमा भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .