ad ad

राजनीति


३३ प्रतिशत महिला सहभागिता अपर्याप्त : मन्त्री ज्ञवाली

३३ प्रतिशत महिला सहभागिता अपर्याप्त : मन्त्री ज्ञवाली

नेपालखबर
फागुन ७, २०७७ शुक्रबार १२:४३,

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले महिला तथा बालबालिका माथिको हिंसाका विरुद्ध राज्य, समुदाय, परिवार र नागरिकको सहभागिता जरुरी रहेको बताएका छन्।

शुक्रबार ‘नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१’ विमोचन समारोहमा बोल्दै परराष्ट्र मन्त्री ज्ञवालीले महिला तथा बालबालिका माथिको हिंसा विभिन्न रुपमा जारी रहेको भन्दै यसको विरुद्ध राज्यका सबै क्षेत्रको सहभागिता आवश्यक रहेको बताएका हुन्। परिवार र समाज सचेत नहुने हो भने महिला तथा बालबालिका माथि हुने घटना दोहोरिने खतरा हुने उनको भनाई छ।

राज्यको अंगहरुमा ३३ प्रतिशत महिला सहभागिता पर्याप्त नभएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले महिला सहभागितालाई राज्यको अंगहरुमा जनसंख्याकाे आधारमा प्रतिबिम्ब हुनेगरी पुर्‍याउनुपर्ने जरुरी रहेको पनि बताए।

मन्त्री ज्ञवालीले विस्तृत शान्ति सम्झौताको अक्षर र भावना, अन्तर्राष्ट्रिय प्रतिबद्धताहरु, सर्वोच्च अदालतको फैसला, पीडितको सरोकार लगायतलाई आधार बनाएर संक्रमणकालीन न्याय टुंग्याउन सरकार प्रतिबद्ध रहेको पनि बताए। बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी ऐनमा समयानुकुल संशोधनका लागि सहमति जुटाउन पनि सरकारले पीडितहरुसँग छलफल गरिरहेको उनको भनाइ छ।

मन्त्री ज्ञवालीले मानव अधिकारलाई पूर्ण कार्यान्वयन गर्ने क्षेत्रमा नेपालले निरन्तर सफलता हासिल गरिरहेको समेत बताए। सरकारका सबै निकायहरुले मानव अधिकारको स्प्रिटलाई ध्यानमा राखेरै काम गरेको उनको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .