आफूले अदालतको अवहेलना गरेको भनेर परेको मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) आफैं सर्वाेच्च अदालतमा उपस्थित भएर लिखित जवाफ पेस गरेका छन्।
त्यसमा उनले आफूले अदालतको कहिल्यै अवहेलना नगरेको मात्र उल्लेख गरेका छैनन्, अप्रत्यक्ष रूपमा प्रचण्ड–नेपाल पक्षविरुद्ध ‘आक्रमण’ पनि गरेका छन्।
‘मैले सम्मानित अदालतबाट हुने न्याय सम्पादनका कार्यलाई असर गर्ने गरी कुनै कार्य गरेको छैन,’ सर्वाेच्च अदालतमा प्रधानमन्त्री ओलीले बुझाएको लिखित जवाफमा आरोप लगाइएको छ, ‘सम्मानित अदालतबाट हुने कार्यका विषयमा अन्य केही व्यक्तिहरूले सार्वजनिक रूपमा अभिव्यक्ति दिएजस्तो यो यस्तो हुन पर्छ नभए आन्दोलन गर्छु, कसैलाई कारबाही गर्छुजस्ता दबाबमूलक र निन्दनीय शब्द प्रयोग गरेको छैन।’
याे पनि : यस्तो छ, प्रधानमन्त्री ओलीले सर्वाेच्च अदालतमा बुझाएको जवाफको पूर्णपाठ

प्रतिक्रिया