नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले केपी शर्मा ओली नेतृत्वको सरकारको पतन अब धेरै टाढा नरहेको बताएका छन्।
मंगलबार बैतडीमा कांग्रेसको सभाललाई लक्षित गरेर ओली पक्षका कार्यकर्ताले गरेको आक्रमणलाई लिएर नेता थापाले बुधबार सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै वैधता र वैधानिकता दुवै गुमाएको ओली सरकारको पतन निश्चित भएको बताएका हुन्।
उनले घटना निन्दनीय रहेको बताउँदै हिंसा कायरहरुको हतियार भएको बताएका छन्। निषेध र आक्रमणको यो शैली सत्ता–शक्तिको उन्माद र ओलीको हतास मनस्थितिको उपज भएको उनको भनाइ छ।
‘बैतडीमा नेपाली कांग्रेसको सभालाई लक्षित गरेर ओली पक्षका कार्यकर्ताले गरेको आक्रमण निन्दनीय छ। हिंसा कायरहरूको हतियार हो। निषेध र आक्रमणको यो शैली सत्ता–शक्तिको उन्माद र ओलीको हतास मनस्थितिको उपज हो। वैधता र वैधानिकता दुवै गुमाएको केपी ओली सरकारको पतन अव धेरै टाढा छैन’, प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै ट्विटरमा नेता थापाले लेखेका छन्।
— Gagan Thapa (@thapagk) February 17, 2021बैतडीमा नेपाली कांग्रेसको सभालाई लक्षित गरेर ओली पक्षका कार्यकर्ताले गरेको आक्रमण निन्दनीय छ।हिंसा कायरहरूको हतियार हो।निषेध र आक्रमणको यो शैली सत्ता-शक्तिको उन्माद र ओलीको हतास मनस्थितिको उपज हो।वैधता र वैधानिकता दुवै गुमाएको @kpsharmaoli सरकारको पतन अव धेरै टाढा छैन।
मंगलबार दिउँसो बैतडीको डिलासैनी गाउँपालिकामा कांग्रेसको कार्यक्रममा प्रधानमन्त्री ओली निकट कार्यकर्ताले आक्रमण गर्दा कांग्रेस केही कार्यकर्ता घाइते भएका थिए। कांग्रेसले यसअघि नै विज्ञप्ति निकालेर उक्त घटनाको निन्दा गर्दै दोषीलाई कारबाहीको माग समेत गरेको छ।

प्रतिक्रिया