राजनीति


प्रदेश ३ को राजधानी काठमाडौँ हुन दिन्नँ, हेटौँडा हुनैपर्छ भन्ने छैनः मुख्यमन्त्री पौडेल

प्रदेश ३ को राजधानी काठमाडौँ हुन दिन्नँ, हेटौँडा हुनैपर्छ भन्ने छैनः मुख्यमन्त्री पौडेल

नेपालखबर
साउन २३, २०७६ बिहिबार १२:१६,

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी हेटौंडैमा हुनुपर्ने भन्ने पक्षमा आफू नरहेको तर काठमाडौमा भने हुनै नदिने अडान लिएका छन्।

बिहीबार काठमाडौंमा आयोजित सञ्चारकर्मीहरुसँगको अन्तक्र्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले आफूले २०/२५ वर्षदेखि राजधानी काठमाडौंलाई व्यवस्थित बनाउन चाहेकाले पनि काठमाडौंमा प्रदेश ३ को राजधानी हुन नदिने निर्णयमा आफू पुगेको पनि स्पष्ट पारे।

‘प्रदेशको राजधानीहेटौँडामा हुनुपर्छ भन्ने पक्षमा आफू छैन,’ मुख्यमन्त्री पौडेलको स्पष्टीकरण पनि थियो, ‘घर पायकको आधारमा राजधानी नरहने कुरा पक्कै हो।’ मुख्यमन्त्री पौडेलले नुवाकोट र रामेछापमा पनि राजधानी रहने सम्भावना रहेको औंल्याउँदै त्यसमा छलफल गर्न आफू तयार रहेको पनि स्पष्ट पारे। तर, सिंहरदबारको छायाँमा भने प्रदेश ३ को राजधानी रहन दिनुहुँदैन भन्ने मान्यतामा आफू अडिग रहेको मुख्यमन्त्री पौडेलको भनाई छ।

मुख्यमन्त्री पौडेलले काठमाडौं बाहिरका क्षेत्रको विकास गर्न र काठमाडौंलाई व्यवस्थित बनाउन पनि प्रदेश ३ को राजधानी काठमाडौंमा बनाउन नहुने तर्क पनि गरे। उनले प्रदेशको राजधानी र नाम दुवै एकै दिन टुंगो लगाउने पनि बताए। मुख्यमन्त्री पौडेलले आफ्ना प्रदेशका सेवा प्रवाहको कामलाई राम्रोसँग सम्पन्न गर्न १५६ वटा कार्यालयलाई क्रियाशील गराइएको दावी पनि गरे। उनले कृषकलाई राहत दिन सामूहिक कृषि प्रणाली कार्यक्रम सुरु गरिएको पनि स्पष्ट पारे।

मुख्यमन्त्री पौडेलले प्रदेश ३ को विकासका सम्भावनाका क्षेत्रहरुको पहिचान गर्ने काममा सघाउ पु¥याउन पनि सञ्चारकर्मीहरुलाई पटक–पटक आग्रह गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .