खेल


सुनिललाल जोशी स्मृती भारोत्तोलन साउन २८ र २९ गते

सुनिललाल जोशी स्मृती भारोत्तोलन साउन २८ र २९ गते

नेपालखबर
साउन २३, २०७६ बिहिबार १२:२५,

राष्ट्रको लागि भारोत्तोलन खेल मार्फत सर्वाधिक पदक जित्न सफल ओलम्पियन सुनिललाल जोशीको स्मृतीमा आयोजना हुने तेश्रो नेपाल स्ट्रङ्गेष्ट २०१९ भारोत्तोलन प्रतियोगिता आगामी साउन २८ र २९ गते हुने भएको छ।

काठमाण्डौ जिल्ला भारोत्तोलन संघको आयोजनामा हुने प्रतियोगितामा सिनियर महिला तथा पुरुष तथा जुनियर महिला तथा पुरष गरि ४० तौल समूहमा ४० स्वर्ण पदकका लागि प्रतिस्पर्धा गराईने छ ।

स्व. सुनिललालको जन्म स्थान मरु टोलस्थित मरु बैङ्गक्वेटमा हुने प्रतियोतिामा पुरुष र महिला तर्फका स्ट्रङ्गेष्ट खेलाडीकरुलाई तेश्रो नेपाल स्ट्रङ्गेष्ट ब्यानेटका साथै नगद ११ हजार, ट्रफी र प्रमाण पत्र प्रदान गरिने छ । यस्तै वेष्ट लिफ्टरलाई ट्रफी प्रमाण पत्र तथा नयाँ राष्ट्रिय किर्तिमान बनाउने खेलाडीहरुलाई आर्थिक अभावका कारण विगतमा झै १ हजार नगद प्रदान गरिने आयोजकले जनाएका छन् ।

करिव १२ लाख ७९ हजार २ सयको लागत रहेको प्रतियोगितामा तीन विभागिय टोली र जिल्ला तथा क्लबका करिव ९० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । बाहिरबाट आएका खेलाडीहरुको लागि खाने र बस्ने बाबा गेष्ट हाउस कलंकीले ब्यवस्था गर्ने भएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad