दाङको उत्तरी क्षेत्र बङगलाचुली गाउँपालिकामा रहेको चुनढुंगा उत्खनन् कार्य रोक्न माग गर्दै स्थानीय आन्दोलित भएका छन्।
अर्घाखाँचीको कालकाँटेमा रहेको अम्बे सिमेन्टका लागि आवश्यक पर्ने चुनढुंगा दाङको बङलाचुली गाउपालिका–६ तिमिलेमा उत्खनन् गर्न लागिएको भन्दै स्थानीयले विरोध जनाएका छन्। स्थानीयले जिल्ला प्रसासन कार्यालय दाङमा ज्ञापनपत्र बुझाएर चुन ढुंगा रोक्न माग समेत गरेका छन्।
चुनढुङा उत्खनन् रोक्का संघर्स समितिले बुझाएको ज्ञापनपत्रमा सो स्थानमा चुनढुंगा उत्खन गरिए तिलिमे मात्र होइन दाङको उत्तरतर्फ वाटर बैंकको रुपमा रहेको महाभार पहाड खलबलिने, पानीका मुहान सुक्ने, वन बिनास हुने र जिल्ला नै सुक्खा बन्ने उल्लेख छ।
ज्ञापनपत्र बुझाउनु अघि गाउँमा स्थानीयहरुको बृहत भेला गरी चुन ढुङ्गा उत्खनन हुन नदिनको लागि भएको निर्णय प्रतिलिपी पनि ज्ञापनपत्र साथै बुझाइएको छ। ज्ञापनपत्रमा संघर्स समिति का अध्यक्ष सोभाराम ओली र सचिब बुद्धिराम खत्रीको हस्ताक्षर रहेको छ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले यो विषयमा आफूले गाउँपालिकासित समन्वय गर्ने बताएको राष्ट्रिय जनमोर्चा दाङका जिल्ला अध्यक्ष गणेश आचार्यले जानकारी दिए।
प्रतिक्रिया