राजनीति


देउवा भन्छन् : निर्वाचन प्रक्रिया अघि नबढाएकोमा आयोगमै शंका गर्नुपर्ने भयो

देउवा भन्छन् : निर्वाचन प्रक्रिया अघि नबढाएकोमा आयोगमै शंका गर्नुपर्ने भयो

नेपालखबर
फागुन ३, २०७७ सोमबार ९:५८,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समयमा निर्वाचन गराउँछ भन्नेमा निर्वाचन आयोगमाथि नै शंका गर्ने बेला भइसकेको बताएका छन्।

प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले सोमबार बुटवलमा आयोजित बिरोधसभालाईसम्बोधन गर्दै सभापति देउवाले आयोगले बदमासी गर्नसक्ने आशंका समेत व्यक्त गरे।

‘निर्वाचन आयोग छ नि निर्वाचन आयोग, त्यसमाथि शंका गर्ने बेला भइसक्यो,’ देउवाले भने, ‘अहिलेसम्म किन चुनाव चिन्ह दिएको छैन। किन निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छैन। यसले बदमासी गर्नसक्छ।’

उनले जुनसुकै समयमा पनि निर्वाचन हुन्छ भनेर सँधै तयारी अवस्थामा रहनु पर्ने आयोगले अहिलेसम्म किन चुनावको काम अघि नबढाएको भन्दै प्रश्न गरेका छन्।

उनले नेकपाको झगडामा कांग्रेसको कुनै भूमिका नभएपनि जारी नेकपाभित्रको झगडाका कारण कांग्रेसभित्र समेत विवाद सुरु भएको बताए।

‘नेकपाको झगडाले हाम्रै पार्टीमा समस्या भयो। कसले के भनेको छ, कसले के भनेको छ। नेकपा झगडामा हाम्रो हात छैन,’ उनले भने, ‘नेकपाको झगडामा हामी कुनै पक्षतर्फ लाग्नु पर्ने आवश्यकता पनि छैन।’

संसद विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले यस्तै निर्णय गर भनेर कसैले प्रदर्शन गरेर दबाब दिन नहुने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad