भारतको गुजरात राज्यका मुख्यमन्त्री विजय रूपाणी आइतबार मञ्चमा भाषण गर्दागर्दै बेहोस भएर ढलेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार नागरिक चुनावको प्रचारका लागि वडोदारस्थित निजामपुरामा पुगेका उनी बोल्दाबोल्दै रिङ्गटा लागेर सभामा लडेका हुन्। त्यसपछि उनले कार्यक्रम नै रद्द गरे।
डाक्टरका अनुसार अहिले मुख्यमन्त्री रूपाणीको अवस्था ठीक छ। निम्न रक्तचापका कारण उनी बेहोस भएका हुन्। उपचारपछि उनी अहमदाबाद प्रस्थान गरेका छन्।
यो भिडिओको अन्त्यतिर उनी लडेको देख्न सकिन्छ।
— Vijay Rupani (@vijayrupanibjp) February 14, 2021LIVE - વડોદરા ખાતે આગામી સ્થાનિક સ્વરાજ્યની ચૂંટણી અંતર્ગત આયોજિત જાહેરસભા#ગુજરાત_મક્કમ_ભાજપ_અડીખમ https://t.co/i7uZZhLLim
मुख्यमन्त्री लडेको थप दृश्य हेर्न यहाँ क्लिक
प्रतिक्रिया