राजनीति


बुटवलमा ओलीले भने : नेकपा फुटेको छैन भन्ने तपाईंहरुको उपस्थितिले देखाइसक्यो

बुटवलमा ओलीले भने : नेकपा फुटेको छैन भन्ने तपाईंहरुको उपस्थितिले देखाइसक्यो

नेपालखबर
फागुन १, २०७७ शनिबार १०:२३,

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी नफुटेको र जस्ताको तस्तै पनि नरहेको बताएका छन्।

शनिबार बुटवलमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीबाट आफूले तीन वर्षअघि एमाले र माओवादी मिलाएर पार्टी एकता गरे पनि आफू बन्ने अभियान नछाडेका कारण संकट आएको बताए।

‘पार्टी फुटेको छैन भन्ने कुरा तपाईंहरुको यो उपस्थितिले देखाएको छ, पार्टी फुटेको पनि छैन, जस्ताको तस्तै पनि छैन’, उनले भने’, पार्टीबाट उद्देश्य नमिलेका, समृद्धिको सपनालाई अस्वीकार गर्ने तत्वहरु बाहिरिएका छन्।’

प्रधानमन्त्री केपी शर्मा ओलीले सभा कस्तो हुन्छ भन्ने कुरा हेर्न लुम्बिनी आउन आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad