नेपाली कांग्रेसका नेता धनराज गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको फाइल बन्द गरेको भन्दै आयोगमाथि व्यंग्य गरेका छन्।
शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै नेता गुरुङले नेपाल आयल निगम जग्गा खरिदको डेढ अर्ब भ्रष्टाचार काण्डको फाइल अख्तियारले बन्द गरेको भन्दै अख्तियारलाई ढाकछोप आयोग भन्दै व्यंग्य गरेका हुन्।
उनले आयल निगमाको जग्गा काण्डमा जग्गाधनीहरुलाई मालपोत कार्यलयमा सहीछाप गराएको मूल्य, तत्कालीन समयमा उनीहरुले पाएको यथार्थ रकम भन्दा ३.४ गुणा बढी रहेको बताएका छन्। उनले उक्त मूल्य चल्तीको मूल्यभन्दा पनि ३.४ गुणा बढी रहेको तथ्य हुँदा हुँदै पनि अख्तियारले फाइल बन्द गरेको भन्दै अख्तियारलाई बधाई समेत दिएका छन्।
‘अख्तियारले आयल निगम जग्गा खरिदको डेढ अर्ब भ्रष्टाचार काण्डको फाइल बन्द गरेछ। जुन काण्डमा जग्गाधनीहरुलाई मालपोत कार्यलयमा सहिछाप गराएको मूल्य, तत्कालीन समयमा उनीहरुले पाएको यथार्थ रकम भन्दा ३.४ गुणा बढी छ। साथै चल्तीको मूल्य भन्दा पनि ३.४ गुणा बढी छ। बधाई छ, ढाकछोप आयोगलाई!’, गुरुङले ट्विटरमा लेखेका छन्।

प्रतिक्रिया