खोरीबारी प्रहरीले पानीट्यांकी ट्याक्सी स्ट्यान्डबाट २०० ग्राम ब्राउन सुगरसहित २८ वर्षीय नेपाली युवकलाई पक्राउ गरेको छ।
प्रहरीले दिएको जानकारीअनुसार पक्राउ गरिएका नेपाली युवकको नाम देवेन्द्र थापा हो। उनी झापा काँकरभिट्टा निवासी हुन्।
पक्राउ परेका थापामाथि नार्कोटि ड्रग्स एन्ड साइकोट्रपिक सब्स्टेन्सेस एक्टअन्तर्गत् मुद्दा दर्ता गरिएको खोरीबारी प्रहरीले जनाएको छ।
माघ ३०, २०७७, शुक्रबार
प्रतिक्रिया