राजनीति


नेतृ रामकुमारीको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता

नेतृ रामकुमारीको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता

नेपालखबर
माघ २९, २०७७ बिहिबार १०:४०,

नेकपा नेतृ रामकुमारी झाँक्रीको पक्राउविरुद्ध अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको छ।

बन्दी प्रत्यक्षीकरण रिट दर्ता भएको २४ घण्टाभित्र पक्राउ गरिएको व्यक्तिलाई अदालतमा उपस्थित गराउनुपर्छ।

‘उहाँको पक्राउ कानुनसम्मत् नभएको भन्दै बन्दी प्रत्यक्षीकरण रिट दर्ता गर्न लागिएको हो, अहिले दर्ता प्रक्रियामा छौं,’ अधिवक्ता राधिका खतिवडाले नेपालखबरसँग भनिन्।

झाँक्रीलाई राज्यविरुद्धको कसुरको दफा ५८ अनुसार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनले केहि दिनपहिले गोरखामा भाषण गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै सो आरोप लगाइएको हो।

प्रहरीले झाँक्रीलाई बिहीबार बिहान शंखमुलस्थित उनकै निवासबाट पक्राउ गरी अपराध महाशाखा बानेश्वरमा राखिएको छ।

यो पनि:

रामकुमारी झाँक्रीलाई पक्राउका लागि निवास परिसरभित्रै छिर्‍यो प्रहरी

- रामकुमारीलाई पक्राउ गर्न प्रहरी पुगेपछि निवासबाहिर नारावाजी (भिडिओ)

रामकुमारीलाई पक्राउ गर्न प्रहरी पुगेपछि निवासबाहिर देखिएको दृश्य (तस्बिरहरु)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad