राजनीति


संसद पुनर्स्थापना वा चुनाव दुवैको तयारीमा रहन देउवाको निर्देशन

संसद पुनर्स्थापना वा चुनाव दुवैको तयारीमा रहन देउवाको निर्देशन

नेपालखबर
माघ २९, २०७७ बिहिबार १०:१६,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आदिबासी जनजातिहरुलाई आफ्नो पक्षमा ल्याउनुपर्ने आवश्यकता रहेको बताएका छन्।

नेपाली कांग्रेस आदिबासी जनजाति केन्द्रीय विभाग, नेपाल आदिबासी जनजाति संघले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘नेपाली कांग्रेस र आदिबासी जनजातिको सवाल विषयक प्रशिक्षण कार्यक्रम’ मा बोल्दै सभापति देउवाले आदिबासी, जनजाति तथा दलितहरुलाई आफ्नो पार्टीको पक्षमा ल्याउनुपर्ने आवश्यकता रहेको बताए।

उनले नेपाली कांग्रेस पार्टीले आदिबासी, जनजाति, महिला, दलित लगायतका सबैलाई आरक्षणको व्यवस्था गरेकोले कांग्रेस मात्रै समावेशी पार्टी भएको पनि बताए। कांग्रेस समावेशी पार्टी भएपनि उल्टो प्रचार भएकाले उल्टो प्रचारलाई चिर्दै आफ्नो पक्षमा ल्याउनुपर्ने आवश्यकता रहेको उनको भनाई छ। उनले भोलि सरकार बनाउनुपर्ने अवस्थामा आदिबासी जनजातिको पनि साथ चाहिने उल्लेख गर्दै जनतालाई आफ्नो पक्षमा ल्याउन काम गर्न नेताहरुलाई निर्देशन समेत दिए।

सभापति देउवाले संसद विघटनको मुद्दा अदालतमा विचाराधिन भएकाले यस बारेमा नेपाली कांग्रेसले बोल्न नमिल्ने बताए। चुनावबाट सरकार बनाउने राजनीतिक व्यवस्थामा पार्टीले सधैँ चुनावको लागि तयारी गरिरहनुपर्ने भन्दै उनले आगामी दिनमा आउनसक्ने संसद पुर्नस्थापना अथवा चुनाव दुवैको तयारीमा रहन पनि निर्देशन दिए।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले प्रतिनिधि सभा विघटन असंवैधानिक भएपनि निर्वाचनलाई असंवैधानिक भन्न नमिल्ने बताए। प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको उपचार प्रतिनिधि सभाको पुर्नप्राप्ति नै भएको भन्दै चुनाव वा पुनर्स्थापनाबाट नै संविधानलाई लिकमा ल्याउन सकिने बताए। प्रतिनिधि सभाको पुनर्स्थापना र निर्वाचन दुवै संवैधानिक बाटो भएको उनको भनाई छ।

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले कम्युनिष्टहरुले निर्वाचन जितेसम्म नेपालमा समृद्धि नआउने बताए। कम्युनिष्टले निर्वाचन जितेसम्म जातजाति तथा संस्कृतिको सशक्तिकरण पनि नहुने उनको भनाई छ।

सहमहामन्त्रि महतले नेपाली कांग्रेसले पार्टीलाई समावेशी बनाएको कुराको प्रचारलाई पनि मजबुद बनाउनुपर्ने बताए। नेपाली कांग्रेसले गरेको काम जनतामाझ पु¥याउन नसकेको उनको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad