कारोबार


ज्योति विकास बैंकद्वारा तीनवटा अस्पताललाई बेबी वार्मर प्रदान

ज्योति विकास बैंकद्वारा तीनवटा अस्पताललाई बेबी वार्मर प्रदान

नेपालखबर
माघ २९, २०७७ बिहिबार १०:१४,

ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत मोफसलका तीन अस्पताललाई बेबी वार्मर सहयोग गरेको छ।

बैंकले हाम्रो विकास प्रवर्द्धन कोषबाट प्राथमिक स्वास्थ्य केन्द्र रामगोपालपुर नगरपालिका वडा नं. ५ महोत्तरी, आम्दा अस्पताल दमक नगरपालिका वडा नं. ०२ झापा र जिल्ला अस्पताल दिक्तेल, खोटाङ्गलाई एक–एक थान बेबी वार्मर प्रदान गरेको हो।

प्राथमिक स्वास्थ्य केन्द्र, आम्दा अस्पताल र जिल्ला अस्पताल खोटाङ्गमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्तरुपमा सो बेबी वार्मर प्रदान गरिएको बैंकले जनाएको छ।

बेबी वार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ।

प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट प्रदेश नं २ र मकवानपुर जिल्ला क्षेत्रका क्षेत्रीय कार्यालय प्रमुख मोहन राज गिरी, बैंकका रामगोपालपुर शाखाका शाखा प्रबन्धक भुवन धमला र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट संजय बहादुर सिंहद्वारा संयुक्त रुपमा प्राथमिक स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख निहार कुमार दासलाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको थियो।

आम्दा अस्पतालमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट प्रदेश नं १ क्षेत्रका क्षेत्रीय कार्यालय प्रमुख प्रेमश्वर शाक्य, बैंकका दमक शाखाका शाखा प्रबन्धक संजय आचार्य र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट संजय बहादुर सिंह द्वारा संयुक्त रुपमा आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश शर्मा, सिनियर कन्सल्टेन्ट डा। नबिन ढकाल, अस्पतालका प्रशासक श्री सुमन कुमार नेपाल लगायत अस्पतालका विभिन्न पदाधिकारीहरुको उपस्थितिका बीच सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो।

जिल्ला अस्पताल खोटाङ्गको प्राङ्गणमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका दिक्त्तेल शाखाका शाखा प्रबन्धक रोहित दाहाल र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट संजय बहादुर सिंहद्वारा संयुक्त रुपमा जिल्ला अस्पताल खोटाङ्गका अस्पताल प्रशासन प्रमुख रविन फुयाललाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको थियो।

नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट प्राथमिक स्वास्थ्य केन्द्र रामगोपालपुर ,आम्दा अस्पताल दमक र जिल्ला अस्पताल खोटाङ्गमा प्रसुति सेवा लिन आउने प्रत्यक्ष्य रुपमा लाभान्वित हुनेछन्। सो कार्यक्रमको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट पीपीई र फेस शिल्ड जस्ता कोरोना भाइरस नियन्त्रण स्वास्थ्य सामग्री समेत अस्पताललाई प्रदान गरिएको थियो।

बैंकले कोषमार्फत राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा कपिलवस्तु सामुदायिक अस्पताल कपिलवस्तु, मध्यबिन्दु जिल्ला अस्पताल नवलपुर, महाकाली अञ्चल अस्पताल (कञ्चनपुर र प्युठान जिल्ला अस्पताल, बिजुवार प्युठानलाई एक÷एक थान बेबी वार्मर प्रदान गरी हालसम्म जम्मा ७ वटा बेबी वार्मर प्रदान गरिसकेको छ।

बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यहरु गर्दै आएको छ। बैंकले १२औं वार्षिकोत्सवको अवसरमा डा महावीर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रलाई १० वटा बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुंच नपुगेका अस्पतालहरुलाई हस्तान्तरण गर्ने सहकार्यका लागि ८ लाख प्रदान गरेको थियो।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाखभन्दा बढी खाताबाट करिब ४६ अर्ब निक्षेप संकलन गरी २३ हजारभन्दा बढी ऋणीहरुलाई करिब ३७ अर्ब लगानी गर्न सफल भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad