राष्ट्रिय युवा संघ नेपालले राज्यविरुद्धको कसुरमा पक्राउ परेकी नेकपा नेतृ रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेको छ।
बिहीबार दिउँसो एक विज्ञप्ति जारी गर्दै युवा संघले झाँक्रीलाई विनाशर्त तत्कान रिहा नगरे देशभरी आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने चेतावनी दिएको छ। उनले झाँक्रीको गिरफ्तारी कामचलाउ सरकारको हतास मनस्थितिको उपज भएको बताएको छ।
‘कमरेड रामकुमारी झाँक्रीको गिरफ्तारी निरंकुश कामचलाउ सरकारको हतास मनस्थितिको उपज हो’, संयोजक रामप्रसाद सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘झाँक्रीलाई तत्काल विनाशर्त रिहा नगरे युवा संघ नेपालले देशव्यापी रुपमा विरोधको आँधीबेहरी सिर्जना गर्ने समेत चेतावनी दिन चाहन्छौँ।’
राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध अमर्यादित अभिव्यक्ति दिएको भन्दै नेपाल प्रहरीको अपराध महाशाखाले झाँक्रीलाई बिहीबार दिउँसो राज्यविरुद्धको कसुरमा निवासबाटै पक्राउ गरेको छ।
यसअघि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले एक विज्ञप्ति प्रकाशित गर्दै झाँक्रीलाई निःशर्त रिहा गर्न माग गरेका छन्।
याे पनि : प्रचण्ड–नेपाल समूहले भन्यो : रामकुमारीलाई निःशर्त र अविलम्ब रिहा गर


प्रतिक्रिया