खेल


महिला लिग फुटबलमा चौदण्डीगढीविरूद्ध वालिङकाे सहज जित

महिला लिग फुटबलमा चौदण्डीगढीविरूद्ध वालिङकाे सहज जित

नेपालखबर
माघ २९, २०७७ बिहिबार ९:१,

विदेशी खेलाडी चम्किँदा राष्ट्रिय महिला लिग फुटबलमा चौदण्डीगढी नगरपालिका उदयपुरमाथि वालिङ नगरपालिका स्याङ्जाले सहज जित निकालेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीबार भएको खेलमा वालिङले चौदण्डीगढीलाई ७–१ को फराकिलो अन्तरले हराएको हो।

स्याङ्जाको जितमा क्यामरुनी खेलाडी मेथो रुथ एक्लैले ह्याट्रिकसहित ५ गोल गरिन्। क्यामरुनकै टौटा ओरनेला नोइलीले दुई गोल थपिन्।

पहिलो हाफमा ३–१ को अग्रता बनाएको वालिङले दोस्रो हाफमा ४ गोल थप्यो।

खेलको २५औं मिनेटमा मेथोको गोलमा वालिङले खाता खोलेको थियो। ३२ औं मिनेटमा चौदण्डीकी अन्जना थुलुङले गोल गर्दै खेललाई बराबरीमा ल्याएकी थिइन्।

तर त्यसको दुई मिनेटमा नै मेथोले व्यक्तीगत दोस्रो गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाईन्। खेलको ४४औं मिनेटमा मेथोले ह्याट्रिक पूरा गरिन्।

रुथले खेलको ४८ र ५५ मिनेटमा गोल गरिन्। खेलको ७१ र ७२औं मिनेटमा नोईलीले दुई गोल थपेपछि वालिङले फराकिलो जित दर्ता गरेको हो।

महिला लिगमा चौथो जित निकालेको वालिङले ९ खेलबाट १८ अंक जोडेको छ। जितसँगै वालिङ तेस्रो स्थानमा यथावत् रहँदा जितविहीन चौदण्डीगढी पुछारमा छ।

चौदण्डीगढीले लगातार नवौँ हार व्यहोरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad