राजनीति


कारणसहित पक्राउ पुर्जी लिएर आए गिरफ्तारी दिन्छु : झाँक्री

कारणसहित पक्राउ पुर्जी लिएर आए गिरफ्तारी दिन्छु : झाँक्री

नेपालखबर
माघ २९, २०७७ बिहिबार ६:५१,

प्रचण्ड नेपाल नेतृत्वको नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री कारणसहित पक्राउ पुर्जी लिएर आए आफूले गिरफ्तारी दिने बताएकी छन्।

बिहीबार आफूलाई पक्राउ गर्नका लागि निवासमै प्रहरी पुगेपछि निवासभित्रै पत्रकारसँग कुरा गर्दै नेतृ झाँक्रीले आफूविरुद्धको मुद्दा राजनीतिक भएको भन्दै पक्राउ गर्नका लागि पुर्जी लिएर आउन आग्रह गरेकी हुन्।

उनले अब गिरफ्तारी दिनुहुन्छ कि के गर्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा जवाफमा उनले यस्तो बताएकी हुन्।

‘राज्यले नागरिकलाई नियन्त्रणमा लिन सक्छ, विनाकारण पनि २४ घण्टा हिरासतमा राख्न सक्छ’, उनले भनिन्, ‘यो राजनीतिक मुद्दा भएका कारण पक्राउ पुर्जीसहित आउनु भयो भने गिरफ्तारी दिन्छु।’ 

उनले आफूलाई महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले फोन गरेर बोलाएको तर आफू नगएको बताए।

उनले राजनीतिक अभिव्यक्तिलाई लिएर पक्राउ गर्न खोज्नु लोकतन्त्रको उपहास भएको उनको भनाइ थियो।

उनलाई पक्राउका लागि अहिले प्रहरी पुर्जीसहित निवासभित्र छिरेको छ। भित्र प्रहरी र रामकुमारीबीच वार्ता भइरहँदा बाहिर भने नेकपाका कार्यकर्ताले प्रदर्शन गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad