नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न पुगेका प्रहरी र नेकपा कार्यकर्ताबीच घम्साधम्सी भएको छ।
रामुकमारीको निवासबाहिर प्रहरी र नेकपा कार्यकर्ताबीच धकेलाधकेल हुँदा एक जना घाइते बनेका छन्।
घाइतेको परिचय नखुलेको र उनलाई प्रहरीले उपचारका लागि अस्पताल लगेको छ।
अहिले झाँक्रीको निवासबाहिर ठूलो मात्रामा प्रहरी तैनाथ छ भने नेकपाका नेता कार्यकर्ताले झाँक्रीलाई पक्राउ गर्न नदिन नारावाजी गरिरहेका छन्।
उनीहरुले प्रहरी दमनका बन्द गर्न माग गर्दै प्रधानमन्त्री ओलीविरुद्ध नाराजुलुस गरेका छन्।
यो पनि:
- रामकुमारी झाँक्रीलाई पक्राउका लागि निवास परिसरभित्रै छिर्यो प्रहरी
- रामकुमारीलाई पक्राउ गर्न प्रहरी पुगेपछि निवासबाहिर नारावाजी (भिडिओ)

प्रतिक्रिया